• Wednesday 7th of October 2026

गोली लागेका बलिउड अभिनेता गोविन्दा डिस्चार्ज


  • धनकुटा खबर
  • .

मुम्बइ । बलिउड अभिनेता गोविन्दा डिस्चार्ज भएका छन्।

खुट्टामा गोली लागेपछि अस्पताल भर्ना भएका उनी तीनदिनपछि अस्पतालबाट घर फर्किएका हुन्।

अक्टोबर १ को बिहान गोविन्दाको आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा उनको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए।

गोविन्दा अस्पताल बाहिर ह्वीलचेयरमा देखिएका थिए। उनले सबैलाई धन्यवाद दिए। अभिनेतासँग छोरी टीना र श्रीमती सुनिता पनि देखिएका थिए ।

‘सबैलाई धन्यवाद । म विशेष गरी आफ्नो प्रशंसकलाई मेरो लागि यति धेरै प्राथना गर्नका लागि धन्यवाद दिन चाहन्छु। म उनीहरूको मायाको लागि मनैदेखि धन्यवाद दिन चाहन्छु।’

उनले मिडियासँगको कुराकानीमा भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖