• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

उपनिर्वाचनको तयारीमा जुट्यो एमाले, तोक्यो उम्मेदवार सिफारिश गर्न कात्तिक २२ सम्मको समयसीमा


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २४ । नेकपा एमालेले मंसिर १६ गते हुने लागेको उपनिर्वाचनका लागि कात्तिक २२ गतेसम्म उम्मेदवार सिफारिश गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा आलीको अध्यक्षतामा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको हो ।

रिक्त ठाउँमा एमालेको विजय सुनिश्चित गराउन तयारीका लागि पनि सचिवालय बैठकले नेता–कार्यकर्ताहरुलाई आव्हान गरेका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖