• Monday 5th of October 2026

आफ्नै फोनमा यसरी चलाउनुहोस् फेसबुकको लामा एआई


  • धनकुटा खबर
  • .

काठमाडौं । एआई च्याटबटका कारण धेरै काममा सजिलो भएको छ । ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई चर्चित एआई च्याटबट टुल हुन् । केही समयअघि अहिलेसम्मको राम्रो एआई मोडल बताउँदै मेटाले लामा ३.२ (Llama 3.2) सार्वजनिक गर्यो ।

सारांश गर्न, निर्देशन पालना गर्न यो टुल राम्रो भएको दाबी छ । तर यो अन्य च्याटजीपीटी, जेमिनाई जसरी सार्वजनिक रुपमा उपलब्ध छैन । आज हामी मेटाको लामा ३.२ तपाईंको डिभाइसमा चलाउने तरिकाबारे चर्चा गर्ने छौं:

-प्ले स्टोर/अथवा एप स्टोरबाट पकेटपाल एआई (PocketPal AI) एप डाउनलोड गर्नुहोस् ।

यो एप नि:शुल्क रहेको छ । यसका साथै यसबाट अन्य एआई टुलसँग पनि कुराकानी गर्न सकिन्छ । यस एपले कुराकानी सुरक्षित र गोप्य राख्ने बताइएको छ ।

-एप खोल्नुहोस् । सुरुमा त्यहाँ ‘नो मेसेजेज हियर यट’ भन्ने मेसेज देखिन्छ । त्यसको ठीक तल दायाँ भागमा भने ‘गो टू मोडल’ भन्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

-अब विभिन्न मोडल देखिन्छ । ती मध्ये लामा (Llama) छान्नुहोस् । अनि ‘llama-3.2-3b-instruct q4_k’ मोडल डाउनलोड गर्नुहोस् । यसको आकार २.०२ जीबी रहेको छ । यसलाई डाउनलोड गर्दा केही समय लाग्न सक्छ । यदि फास्ट इन्टरनेट प्रयोग गर्नु भएको छ भने समय कम हुन्छ ।

-डाउनलोड भइसकेपछि ‘लोड’मा क्लिक गर्नुहोस् ।

-अब मुख्य मेनुमा फर्कनुहोस् । र कुराकानी गर्न सुरु गर्नुहोस् ।

हाल पकेटपाल एआईमा गुगलको जेम्मा (gemma), माइक्रोसफ्टको फाई (Phi) र हगिङ फेसको क्वेन (Qwen) मोडल पनि यसैगरी चलाउन सकिन्छ ।

नोट: एआई, साइबर सुरक्षा र प्रविधिको बारेमा पो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖