• Sunday 29th of November 2026

आज र भोलि काठमाडौ उपत्यकामा नेपाल प्रहरीको नि:शुल्क बस सेवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीले बडादशैंको अवसरमा आज र भाेलि काठमाडाैं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गरेकाे छ ।

दशैंमा सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधा तथा सहज आवतजावतमा लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएकाे छ ।

एउटा बसले रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने र अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणलाई चढाउनेछ । आज असाेज २५ गते र भाेलि असाेज २६ गते दुबै रुटमा बिहान ८ :३० बजेदेखि अपरान्ह ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

२ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖