• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यसरी गरियो २० जना मजदुरको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी समूहले गरेको आक्रमणमा २० जना कामदारको मृत्यु भएको छ।

उनीहरूलाई गएराति गोली हानी हत्या गरिएको हो। उक्त आक्रमणमा परेर सातजना घाइते भएका छन्।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ ।

बलुचिस्तानको एक कोइला खानीमा कार्यरत मजदुरमाथि पृथकतावादी समूहले गोली प्रहार गरेको बताइएको छ ।

आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाएको बताइएको छ ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू बाहिरी मुलुकहरूको लगानी रहेको बताइएको छ । ती योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖