• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायली आक्रमणमा पूर्ण रूपमा ध्वस्त भयो लेबनानी मस्जिद


  • धनकुटा खबर
  • .

एजेन्सी । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ ।

पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।
स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताए ।

उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖