• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु , ८ जना घाइते


  • धनकुटा खबर
  • .

उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।

इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖