• Wednesday 7th of October 2026

‘ज्वाइँ साब’को कमाई कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । सँगै रिलिज भएका ‘छक्का पन्जा ५’ र १२ गाउँ’को तुलनामा कम शो पाएको फिल्मको वर्ड अफ माउथ पब्लिसिटीका कारण सुरुवातको भन्दा अहिले शो समेत बढेको निर्देशक वसन्त निरौला बत्ताउँछन् ।

फिल्मको आम्दानी सोचजस्तो नरहेपनि राम्रो रहेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्मले अहिलेसम्म कति कमायो भनेर देशभरको हिसाब आज बल्ल मगाएको छु’, श्रेष्ठले भने ‘भोलि मात्र सबै आम्दानी सार्वजनिक हुन्छ ।’ फिल्मको रिलिजको समय भन्दा अहिले शो समेत थपिएको श्रेष्ठको भनाई छ ।

फिल्म हेर्ने अधिकांश दर्शकले कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बताइन्छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖