• Wednesday 7th of October 2026

अभिनेत्री दिव्या खोसला र करण जोहरबीच के हो विवाद?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री दिव्या खोसला र निर्माता तथा निर्देशक करण जोहरबीच विवाद भइरहेको छ।

दिव्याले आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को कहानी उनको फिल्म ‘सावी’ सँग मिल्दो जुल्दो रहेको बताएकी थिइन्। योसँगै उनले खाली हलहरूको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘जिगरा’ को बक्स अफिस कलेक्सनमा हेरफेर गरिएको आरोप लगाएकी थिइन्।

त्यसपछि करण जोहरले दिव्यालाई जबाफ दिएका थिए। ‘सचाई सधैं उसको विरूद्ध रहने बेवकुफले देख्छन्,’ उनले लेखेका थिए।

हालै भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै दिव्याले भनेकी छन्, ‘आज गलतविरूद्ध आवाज उठाउँदै छु। त्यसैले मिस्टर करण जोहर मलाई चुप गराउन अपमानजनक भाषाको प्रयोग गर्दै हुनुहुन्छ। के गलत कुरामा आवाज उठाउने महिलालाई मूर्ख भन्न सही हो? मसँग यस्तो भइरहेको छ भने नयाँ कलाकारसँग कस्तो हुन्छ होला? यहाँ कोही राजा छैन र मसँग कोही पनि यस्तो व्यवहार गर्न पाउँदैनन्।’

यस विवादमा आलियाले कुनै प्रतिक्रिया दिएकी छैनन्। ‘जिगरा’ ११ अक्टोबरदेखि रिलिज भइरहेको छ। वासन बाला निर्देशित फिल्ममा आलियासँग वेदांग बेदीको पनि मुख्य भूमिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖