• Wednesday 7th of October 2026

विराट कोहलीभन्दा धनी बने अजय जडेजा


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वभारतीय क्रिकेट अजय जडेजा वर्तमान क्रिकेट टिमका सदस्य विराट कोहलीभन्दा धनी बनेका छन् ।

जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित भएसँगै जडेजाले सम्पत्तिमा कोहलीलाई उछिनेका हुन् । नवानगरका महाराजा जमसाहेबले अक्टोबर १२ मा जडेजालाई उत्तराधिकारी घोषणा गरेका हुन् ।

घोषणासँगै जडेजाको कुल सम्पत्ति एक हजार ४५० करोड भारतीय रुपैयाँ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विराट कोहलीको कुल सम्पत्ति एक हजार २२ करोड भारतीय रुपैयाँ छ ।

जडेजाले भारतीय क्रिकेट टिमका लागि १९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् १९९२ देखि २००० सम्म भारतीय टिमबाट १५ अन्तर्राष्ट्रिय टेस्ट खेलसमेत खेलेका थिए ।

क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनले सन् २००३ मा ‘खेल’ मार्फत चलचित्र क्षेत्रमा समेत पाइला राखेका थिए । त्यसयता उनले ‘पल पल दिल के साथ’ र ‘कोइ पुछे’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖