• Wednesday 7th of October 2026

के रणवीर कपूरले छाड्लान् ‘एनिमल पार्क’?


  • धनकुटा खबर
  • .

बलिउड फिल्म ‘जिगरा’ रिलिज भएपछि एक बहस चलिरहेको छ।
अभिनेत्री दिव्या खोसलाले आलिया भट्टमाथि ‘जिगरा’ को टिकट आफै किनेको आरोप लगाएकी छन्। उनले फिल्मको बक्स अफिस कलेक्सन झुटो रहेको बताएकी छन्।

दिव्या खोसलाको आरोपमा आलिया भट्टले कुनै प्रतिक्रिया दिएकी छैनन्। यस विषयमा फ्यान आलियाका श्रीमान रणवीर कपूरको प्रतिक्रियाको पर्खाइमा छन्।

योसँगै रणवीरका फ्यान श्रीमती आलियामाथि लागेको आरोपको कारण रणवीरले ‘एनिमल पार्क’ छाड्लान् कि भन्ने डरमा छन्। किनकी ‘एनिमल पार्क’ का सह-निर्माता दिव्या खोसलाका श्रीमान भूषण कुमार हुन्। उनले ‘एनिमल’ लाई पनि सह-निर्माण गरेका थिए।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘आलिया भट्टका श्रीमान रणवीर कपूर एनिमल पार्कमा काम गरिरहेका छन्। जुन भूषण कुमारको टि-सिरिज ब्यानरबाट बनिरहेको छ। भूषणकी श्रीमती दिव्याले आलियामा आरोप लगाएकी छन्। अब रणवीर आफ्नो श्रीमतीलाई साथ दिन्छन् कि फिल्मबाट पछि हट्छन्?’

‘जिगरा’ ११ अक्टोबरदेखि रिलिज भइरहेको छ। वासन बाला निर्देशित फिल्ममा आलियासँग वेदांग बेदीको पनि मुख्य भूमिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖