• Wednesday 7th of October 2026

हत्याको धम्की आएपछि सलमानले रोके ‘सिकन्दर’को सुटिङ


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका फ्यान निकै चिन्तित छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पनि आफ्नो सुरक्षाको पूर्ण ख्याल गर्दै विदेशबाट नयाँ बुलेटप्रुफ गाडी मगाएका छन् भने रियालिटी टीभी शो बिग बोस-१८ को सेटमा सुरक्षा थप गरिएको छ।

यसैबीच सलमान खानले आफ्नो आगामी फिल्म ‘सिकन्दर’को सुटिङ रोकेको खबर पनि सार्वजनिक भएको छ।

आफ्नो कामप्रति निकै गम्भीर र प्रतिबद्ध सलमान खानलाई बिश्नोई गिरोहले बारम्बार धम्की दिइरहेको छ। तर बाबा सिद्दिकीको हत्यापछि यो विषय निकै गम्भीर बनेको छ।

यसअघि सलमानको घरबाहिर गोली पनि चलेको थियो, त्यसपछि उनको परिवार निकै चिन्तित छ। यति धेरै असुरक्षाका बीच पनि सलमान खान रियालिटी टिभी शो बिग बोस १८ मा सुटिङ गर्न फ्यान छक्क परे।

इन्डिया फोरमले आफ्नो एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै बिश्नोई गिरोहको बढ्दो गतिविधिका बीच सलमान खानले सिकन्दरको सुटिङ रोकेको उल्लेख गरेको छ।

रिपोर्टअनुसार सलमान खानले आफ्ना गतिविधिलाई सकेसम्म कम गर्ने प्रयास गरिरहेका छन्।

सलमान खानका एक नजिकका साथीले टाइम्स नाउलाई भनेका छन्, ‘अब सवाल उनलाई कडा सुरक्षा दिने मात्र रहेन, केही समयका लागि सलमान खान एकदमै निष्क्रिय रहनुपर्छ। अब उनले केही समय सुटिटिङ पनि नगर्ने।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖