• Wednesday 7th of October 2026

‘रूकुम मैकोट’ गीत एक महिनादेखि युट्युबको ग्लोबल ट्रेन्डिङमा, चार करोड नाघ्यो भ्युज


  • धनकुटा खबर
  • .

नेपाली गीत ‘रूकुम मैकोट’ लामो समयसम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ।

असोज ६ गते युट्युबको विश्वव्यापी हेरिएका शीर्ष १०० म्युजिक भिडिओमा समावेश गीत अहिले ५७ औं स्थानमा छ।

दुई महिनाअघि रिलिज ‘रूकुम मैकोट’ फिल्म ‘खुश्मा’ को गीत हो।
एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्। एसडी योगीद्वारा संगीतबद्ध गीतलाई सुरेन्द्र रानाले लेखेका हुन्।

लोकलय र मनछुने शब्द, सुहाउँदो कोरियोग्राफीका कारण यो गीतलाई सुरूदेखि नै धेरैले रूचाए। फेसबुक रिल्स र टिकटक भिडिओ बन्न थालेसँगै गीतको चर्चा र युट्युब भ्युज पनि ह्वात्तै बढ्दै गयो।

यो गीत युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फ समेत शीर्षस्थानमा थियो।
गीतलाई अहिलेसम्म युट्युबमा ४ करोड २ लाख बढी पटक हेरिएको छ। ३ लाख ४५ हजार लाइक छ। झन्डै ८ हजार प्रतिक्रिया आएका छन्।
यसअघि बाबुकृष्ण परियार र दिपिका बयाम्बुको स्वर रहेको नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ ग्लोबल ट्रेन्डिङमा समावेश भएको थियो। यसको युट्युब भ्युज अहिले ४ करोड ३० लाख पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖