• Wednesday 7th of October 2026

‘भ्वाइस अफ नेपाल’ को कोचमा फर्किए राजु लामा


  • धनकुटा खबर
  • .

गायक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा गायक राजु लामाको पुनरागमन भएको छ।

छिट्टै प्रसारण सुरू हुन लागेको ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को कोचमा उनी रहने घोषणा गरिएको हो।

शोले एक भिडिओ जारी गर्दै नयाँ सिजनको पहिलो कोचस्वरूप लामाको नाम घोषणा गरेको छ।

भिडिओमा उनी भन्छन्– ‘तपाईंहरूको आवाजलाई सगरमाथाको शिखरमा पुर्‍याउन आइपुगेको छ तपाईंहरूको जोजो।’

यसअघि सिजन २, ३ र ४ मा कोच रहेका लामा पाँचौ सिजनमा देखिएनन्। ‘द भ्वाइस अफ नेपाल’ मा चारजना कोच रहँदै आएका छन्। बाँकी ३ कोचको यसैसाता टुंगो लाग्ने जनाइएको छ।

सिजन ६ को डिजिटल अडिसन भएर फिजिकल अडिसन पनि सुरू भइसकेको छ। छिट्टै ब्लाइन्ड अडिसन सुरू हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। रियालिटी शोलाई मंसिर अन्त्यदेखि प्रसारणमा ल्याउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖