• Tuesday 6th of October 2026

दर्शकहरूको साथले गर्दा जित सम्भव: सावित्रा भण्डारी


  • धनकुटा खबर
  • .

साफ वुमन्स च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा ४-२ ले भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि नतिजा पेनाल्टीमा गएको थियो।

खेल समाप्तिपछि नेपालीकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दर्शकप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “दर्शकहरुलाई धन्यवाद दिन चाहन्छु। खेलको बीचमा केही तनावपूर्ण स्थिति भए पनि दर्शकहरुले निरन्तर हामीलाई साथ दिइरहनु भयो। उहाँहरूको यस साथकै कारण आजको यो जित सम्भव भएको हो।”

सावित्राले आफ्नो टोलीको प्रदर्शनबारे बताउँदै भनिन्, “पहिलो खेलमा त्यति राम्रो प्रदर्शन नभए पनि त्यसपछि हामीले टिमवर्क मार्फत उत्कृष्ट कमब्याक गर्न सफल भयौं। आज हामी धेरै खुसी थियौं र हाम्रो शतप्रतिशत दिएर खेल्यौं। त्यसैले यो जित हाम्रो लागि विशेष छ।”

उनले भविष्यमा पनि यस्तै उत्साहका साथ खेल्ने प्रतिबद्धता जनाउँदै समर्थकहरूको निरन्तर समर्थनलाई महत्वपूर्ण रहेकाे बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖