• Tuesday 6th of October 2026

गुलशन झाले बनाए धेरै रन दिने बलरको किर्तिमान


  • धनकुटा खबर
  • .

गुलशन झाले क्रिकेटको एकदिवसीय खेलमा नेपाली बलरहरु मध्य धेरै रन दिने बलरको किर्तिमान राखेका छन्।

अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध उनले ८७ रन दिएर उक्त कीर्तिमान बनेको हो।

तीव्र गतिका नेपाली बलर गुलशन झाले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए। गुलशन अघि नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने नेपाली बलर सोमपाल कामी हुन।उनले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए।

क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबै भन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे रहेका छन । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै ११५ रन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖