• Sunday 29th of November 2026

कस्ले गर्यो हिन्दू मन्दिरमा आक्रमण ?


  • धनकुटा खबर
  • .

काठमाडौं– क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको एक हिन्दू मन्दिरमा आक्रमण भएको छ । उक्त आक्रमण आइतबार राति भएको हो ।

केही मानिसले मन्दिर परिसरमा प्रवेश गरेर हिन्दू धर्मावलम्बीलाई कुटपिट गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।

उक्त आक्रमण भारतमा छुट्टै राष्ट्रको माग गरिरहेका खालिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा गर्दै यस्तो अराजकता अन्त्य गर्ने बताएका छन् ।

‘ब्रहम्पटनमा हिन्दू सभा मन्दिरमा पूजा गर्नेहरूलाई लक्षित गर्दै भएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै क्यानडालीले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनु पर्नेछ । म यो अराजकता अन्त्य गर्नेछु ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖