• Sunday 29th of November 2026

बस गहिरो खोँचमा खस्यो, २२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको उत्तराखण्डमा बस दुर्घटनामा २२ जनाको ज्यान गएको छ ।

अल्मोडाको गढवाल-रामनगर मार्गको साल्ट नजिक यो घटना भएको हो । दुर्घटनामा मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

एसडीआरएफ र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय छन् । ४० यात्रु सवार बस गहिरो खोंचमा खसेको थियो ।

दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन, तर चालकले बसको नियन्त्रण गुमाएपछि यो घटना भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖