• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतीय वायुसेनाको मिग-२९ विमान दुर्घटना


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय वायुसेनाको मिग-२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ ।

भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो।

यस दुर्घटनामा पाइलटहरू सकुशल बाँचेका छन् । विमानबाट निस्कनुअघि नै पाइलटले दुर्घटनाका कारण कुनै पनि व्यक्ति वा सम्पत्तिमा नोक्सानी नहोस् भनी सुनिश्चित गरेका थिए ।

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖