• Wednesday 7th of October 2026

चोरी आरोपमा ‘पूर्ण बहादुरको सारंगी’ का लेखकको जवाफ- यो उपन्यास छ भन्ने आजै थाहा पाएँ


  • धनकुटा खबर
  • .

चोरीको आरोपबीच फिल्म ‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक तथा लेखक सरोज पौडेलले स्पष्टीकरण दिएका छन्। उनले आफूले उपन्यास ‘सङ्ग्रामपुर’ को नाम पहिलोपटक सुनेको बताउँदै आफूले कथा नचोरेको दाबी गरे।

आफ्नो कथा विरुद्ध काल्पनिक आरोपको प्रयास भएको उनको भनाइ छ।

‘अहिले टिममा त्यही कुरा भइरहेको छ। धेरैजनाले यो कथा आफैँसँग मिल्यो भनेर प्रतिक्रिया दिइरहनुभएको छ,’ उनले भने, ‘सङ्ग्रामपुरको लेखकले मेरो मूल कथा मिल्यो भन्नुभएको रहेछ। तर, यो उपन्यास छ भन्ने मैले आज बिहान मात्रै थाहा पाएँ। मैले उहाँको कथा कपी गरेको छैन। यदि केही कुरा मिलेको रहेछ भनेपनि संयोग हो।’

फिल्म चलिरहेको बेला यस्तो कुरा किन आइरहेको छ भन्नेबारे छलफल भइरहेको समेत उनले सुनाए। विजय बरालको मुख्य भूमिका रहेको यस फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

शनिबार लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका थिए।

फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖