• Sunday 29th of November 2026

पूजा-आजामा यि गल्ती झुक्किएर पनि नगर्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन ।

पूजा गर्दा हामीले गर्ने साना-साना गल्तीका कारण यस्तो हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ती गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

नीलो वा कालो रङ्गको कपडा पूजाका समयमा लगाउनु हुँदैन ।

शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन ।

सम्भोग गरिसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन ।

अँध्यारोमा भगवानको मूर्ति वा तस्बिरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

घण्टी वा शंख आदीको आवाज नदिई पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिई पूजा गर्दा फल प्राप्त हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖