• Tuesday 6th of October 2026

जब शेखर कपूरले सुपरहिट फिल्मको स्क्रिप्ट जहाजमा छाडे


  • धनकुटा खबर
  • .

बलिउड फिल्मकर्मी शेखर कपूर फिल्म ‘मासूम’ को सिक्वेलको तयारीमा छन्।

यस फिल्मको नाम ‘मासूम: द नेक्स्ट जेनरेशन’ राखिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मको छायांकन सन् २०२५ फेब्रुअरीमा हुनेछ।

सन् १९८३ मा प्रदर्शन भएको फिल्मलाई दर्शकले निकै रूचाएका थिए। फिल्मले भावनात्मक रूपमा दर्शकलाई बाँधेको थियो।

पारिवारिक कथामा बनेको फिल्ममा नसीरूद्दीन शाह, शबाना आजमी र जुगल हंसराजको मुख्य भूमिका थियो। यस फिल्मको सिक्वेल बन्ने खबर बाहिरिएपछि दर्शक उत्साहित भएका छन्।

हालै निर्देशक शेखरले फिल्मको स्क्रिप्ट जहाजमा छुटाएका थिए। उनी दिल्लीबाट दुबई जाँदै गर्दा फिल्मको स्क्रिप्ट छुटेको थियो। तर एक व्यक्तिले त्यो स्क्रिप्ट हेरेपछि सुन्दर नोट लेखेर फिर्ता गरे।

‘हामी मासूमलाई निकै माया गर्छौ। यसको राम्रो सिक्वेल बनाउन तपाईलाई शुभकामना,’ उक्त नोटमा लेखिएको थियो।

‘मासूम: द नेक्स्ट जेनरेशन’ मा आधुनिक परिवारको सम्बन्धमा आउने उतार-चढाबलाई देखाइने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖