• Tuesday 6th of October 2026

आमाबुबा बन्दै आश्मा र संयम


  • धनकुटा खबर
  • .

अभिनेत्री आश्मा डिसी र अभिनेता संयम पुरी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन्।

आश्माले सोमबार इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै आफूहरू आमाबुबा बन्न लागेको जानकारी दिएकी हुन्।

उनले आइतबार ‘बेबी सावर’ मनाएकी थिइन्। त्यसकै भिडिओ सेयर गर्दै उनले यसबारे जानकारी दिएकी छन्।

आश्मा र संयमले केही वर्षको प्रेम सम्बन्धलाई २०७९ सालको मंसिरमा विवाहमा परिणत गरेका थिए।

संयमले बाल बलाकारका रूपमा अभिनय सुरू गरेका थिए।

‘सायद’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’, ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ लगायतका फिल्ममा अभिनय गरेका छन्।

यीमध्ये ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा आश्मा र संयमले सँगै काम गरेका थिए।

आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी’ मा पनि अभिनय गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖