• Sunday 29th of November 2026

हृदयघातका कारण अधिवक्ता अधिकारीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ कार्तिक । हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन भएको छ।

नेपाल बार एशोसिएसनका निर्वाचित पूर्व केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता अधिकारीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो।

साँझ ५ बजे हृदयघात भएपछि अधिवक्ता अधिकारीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

अधिवक्ता अधिकारी सर्वोच्च अदालत बार एशोसिएसनको सदस्य थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖