पोखरा आउने क्रममा एक किशोर बर्दिबासबाट बेपत्ता भएका छन्। मनिष भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन छन्।
उनलाई अन्तिम पटक महोत्तरीस्थित एक होटलको नजिक देखिएकाले त्यही लोकेशन लाई आधार बनाएर खोजी कार्यलाई अघि बढाइएको परिवारले जानकारी दियो।
‘यो मोबाइल उनी स्वयंले बोकेको हो वा कसैले फेला पारेको हो भन्ने कुरा अझै प्रष्ट छैन’, उनका दाइ अनिषले भनेका छन् ।।
अनिषका अनुसार मनिषको मोबाइल सोमबार बिहान ७:१७ मा बर्दिबासको होटल नामो बुद्ध प्रा. लि. को आसपासमा अन्तिम पटक लोकेट भएको थियो।
‘घटनाको थप विवरण पत्ता लगाउन सीसीटीभी फुटेजको सहारा लिइँदैछ, जसले खोजी कार्यमा महत्वपूर्ण सुराग प्रदान गर्न सक्छ। प्रारम्भिक फुटेज अनुसार, उनले बेलुका ८:४९ बजे होटलमा प्रवेश गरेको देखिएको छ, तर केही समयपछि उनी होटलबाट बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ’, उनले भने।
परिवार र प्रहरीले खोजी गरिरहेका छन्। खोजी कार्यमा संलग्न सबैले उपलब्ध जानकारीलाई ध्यानमा राख्दै सम्भावित सबै ठाउँमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।
‘यदि कसैसँग मनिषको बारेमा जानकारी भएमा परिवारको सम्पर्क नम्बरहरू ९८२७१५०८८९ र ९८४६०६९९६६ मा वा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौं’, परिवारले भनेको छ।
