• Sunday 29th of November 2026

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– शुक्रबार नेपाली बजारमा सुनको चाँदीको मूल्यमा सामान्य बढेको छ । आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले बढेको हो ।

यससँगै आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖