• Tuesday 6th of October 2026

अभिनेता गोविन्दा अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन्। शिव सेना शिन्दे गुटका नेता समेत रहेका उनी आफ्नो दलका उम्मेदवारको प्रचारप्रसारका लागि रोड शोमा सहभागी भएका थिए।

चुनाव प्रचारप्रसारका क्रममा उनको छातीमा दुखाइ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार गोविन्दा शिव सेना (शिन्दे गुट)का उम्मेदवारहरूका लागि भोट माग्दै पचोरामा रोड शोमा सहभागी थिए। अचानक उनको छातीमा दुखाइ बढेपछि गोविन्दा र्‍याली बिचमै छाडेर अस्पताल पुगेका हुन्।

हाल उनको स्वास्थ्य अवस्थाको बारेमा कुनै जानकारी आएको छैन। यसअघि १ अक्टूबरमा रिभल्भर सफा गर्ने क्रममा उनको खुट्टामा गोली लागेर उनी घाइते भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖