काठमाडौ । जनमत पार्टीको तर्फबाट सांसद बनेकी गोमालाभ सापकोटाको सांसद पद गुम्ने भएको छ । उनलाई पार्टीले आचरण अनुकुलको काम नगरेको आरोप लगाउँदै सांसदबाट हटाउन लागेको हो ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले ०८० साल फागुनमा नै सापकोटाले पार्टी हित विरीतको काम गरेको भन्दै पदमुक्त गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।
तर,सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐनको उल्लंघन नभएको भन्दै कारबाही गर्न मानेनन् ।
त्यसयता जनमतले चार पटक सभामुख र संसद सचिवालयलाई पत्र पठाईसकेको छ
