• Tuesday 6th of October 2026

पोखराको हेमजामा दुर्घटनामा परी दोहोरी गायक अधिकारीको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा भएको सवारी दुर्घटनामा परी दोहोरी गायक किरण अधिकारीको मृत्यु भएको छ ।

सोमबार राती २ बजेतिर हेमजाको सापकोटा चोकमा स्कुटर दुर्घटनामा परी कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडाका २७ वर्षीय अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

अधिकारी चिप्लेढुंगाको गाउँशहर दोहोरी साँझमा गीत गाएर ड्युटी सकिएपछि साथीलाई छाड्न हेमजा जानु भएको थियो । साथीलाई मिलनचोकमा छाडेर फर्कदैं गर्दा मोडमा आइपुग्दा स्कुटर सिधै फलामेबारतिर ठोक्किन पुगेको थियो ।

मध्यराति सडकबाट ठूलो आवाज आएपछि स्थानीयहरू सडकमा पुगेर अधिकारीको उद्धार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖