• Sunday 29th of November 2026

ललितपुरको खुमलटारमा शंकास्पद बस्तु फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको खुमलटारमा शंकास्पद बस्तु भेटिएको छ । ललितपुर महानगरपालिका–१४ स्थित शिवबस्तीमा शंकास्पद बस्तु भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

साङपाङ चोकबाट नखिपोटतर्फ जाने सडकमा शील गरेको बोरा कसैले छाडेको र लिन नआएपछि त्यसबारे अनुसन्धान थालिएको एसएसपी खनालले बताए । शंकास्पद बस्तु निष्क्रिय पार्नका लागी सेनाका बम डिस्पोजल टोली पनि घटनास्थलमा पुगेको छ ।

शंकास्पद बस्तु भेटिएको स्थान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासतर्फ जाने बाटोमा पर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖