• Tuesday 6th of October 2026

‘टाइटानिक’ जोडीको पुनर्मिलन, केट भन्छिन्- लियोको अनुहारमा हेर्न सक्दिन, आँसु झर्छ


  • धनकुटा खबर
  • .

एजेन्सी । ‘टाइटानिक’ स्टार लियोनार्दो डिक्याप्रियो र केट विन्सलेट सर्वकालिन लोकप्रिय जोडी हुन् । केही दिनअघि लस-एन्जलसमा आयोजित विन्सलेटको आगामी फिल्म ‘ली’को विशेष स्क्रिनिङमा दुई स्टार एकसाथ देखिए ।

जोडीको भेटलाई ‘पुनर्मिलन’ भन्दै विश्वभरका मिडियाले समाचार लेखिरहेका छन् । डिक्याप्रियोले विन्सलेटलाई ‘मेरो पुस्ताको उत्कृष्ट प्रतिभाहरूमध्ये एक’ भनेर बोलाएर परिचय गराए । यो प्रशंसाले विन्सलेटले आँसु झार्न थालेकी थिइन् ।

‘केट विन्सलेटले फिल्म र लीको विरासतलाई नौ वर्षको अवधिमा सम्मान गर्न आफूलाई समर्पित गरेकी छिन्’ डिक्याप्रियोले दर्शकमाझ भने, ‘यो कुरा उनले मलाई व्यक्तिगतरुपमा भनेको म सम्झन्छु । यो फिल्ममा उनको जोश भरिएको छ । यो एक यात्रा हो जसले केटको प्रतिबद्धताको गहिराइ र सम्झन आवश्यक कथा सुनाउने उनको समर्पणलाई प्रस्तुत गर्छ ।’

‘केट, मेरो प्यारो साथी, यो फिल्ममा तिम्रो काम कुनै परिवर्तनकारीको भन्दा कम छैन’ डिक्याप्रियोले भने, ‘म छक्क परिराख्छु, तिम्रो शक्ति, ईमानदारी, प्रतिभा र हरेक एकल प्रोजेक्टप्रतिको प्रतिबद्धतालाई प्रशंसा गर्छु । मेरो पुस्ताको एक महान प्रतिभा, एक मात्र केट विन्सलेट ।’

विन्सलेट तालीको गडगडाहटबीच स्टेजमा उक्लिइन् । अनि भनिन्, ‘म अहिले लियोलाई हेर्न पनि सक्दिन, नत्र म रुनेछु ।’ विन्सलेटले निर्माण र अभिनय गरेको यो फिल्मले अमेरिकी युद्ध संवाददाता र फोटोग्राफर ली मिलरको जीवनी पेश गर्छ ।

डिक्याप्रियोसँग अभिनेत्रीको सम्बन्ध जेम्स क्यामरुनको ब्लकबस्टर ‘टाइटानिक’सँगको हो, जसले विन्सलेटलाई अस्कर अवार्डमा मनोनयन गरायो । उनी र डिक्याप्रियोलाई विश्वव्यापी सुपरस्टारको रूपमा चिनायो । डिक्याप्रियोले वर्षौंपछि विन्सलेटसँग सन् २००८ को फिल्म ‘रिभोलुसनरी रोड’मा काम गरेका थिए, जसको लागि विन्सलेटले गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖