• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मस्क बने मानव इतिहासकै धनी व्यक्ति


  • धनकुटा खबर
  • .

टेस्लाका सीईओ इलोन मस्क विश्वकै धनी मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।

अमेरिका राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनासाथ मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढेको हो।

मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो।

यही नोभेम्बर ५ मा भएको राष्ट्रपति चुनावका लागि मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा आर्थिक सहयोगसमेत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖