• Tuesday 6th of October 2026

कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते


  • धनकुटा खबर
  • .

मुम्बई, ११ मंशिर । ऋषभ शेट्टीको फिल्म कन्ताराः च्याप्टर १ को सुटिङ सेटबाट ठूलो खबर बाहिर आएको छ ।

 

चालक दलका सदस्यले भरिएको बस सुटिङ स्थल नजिकै दुर्घटनामा परेको खबर छ । दुर्घटनामा चालक दलका २० सदस्य घाइते भएका छन् ।

 

दुर्घटनापछि सुटिङ रोकिनुपर्ने खबर पनि आएको छ तर अहिले निर्माताले आधिकारिक विज्ञप्ति जारी गर्दै यसलाई सानो दुर्घटना भनेका छन् ।

 

दुर्घटनाको समयमा आइपुगेका एक प्रहरी अधिकारीले पीटीआईलाई भने कि चालक दलका सदस्यहरूले भरिएको बस मदुर, जडकलमा सुटिङ पूरा गरेर कोल्लुर फर्किरहेको थियो।

 

दुर्घटना हुँदा मिनी बसमा २० जुनियर कलाकार सवार थिए । घाइतेहरुलाई जडकल र कुन्दरपुरका अस्पतालमा भर्ना गरिएको छ । 

 

न्युज १८ को रिपोर्ट अनुसार दुर्घटनामा चालक दलका ६ सदस्य गम्भिर घाइते भएका छन्, जसलाई जडकल महालक्ष्मी अस्पतालमा भर्ना गरिएको छ ।

एकातिर कन्ताराः च्याप्टर १ को छायांकन रोकिएको खबर छ । अर्कोतर्फ, फिल्मसँग सम्बन्धित व्यक्तिहरूले आधिकारिक विज्ञप्ति जारी गर्दै यसलाई सानो दुर्घटना भनेका छन्। विज्ञप्तिमा लेखिएको छ, हेडलाइनमा रहेका समाचार गलत हो ।

कन्ताराः च्याप्टर १ को टोलीले आज बिहान ६ बजेदेखि छायांकन सुरु गरेको जनाएको छ भने सबै सामान्य रुपमा चलिरहेको छ । छायांकन स्थलबाट २० किलोमिटर टाढा एउटा सानो दुर्घटना भएको थियो, जसमा कानतारा टोलीका केही सदस्यहरू स्थानीय बसमा थिए तर दुर्घटनामा कोही घाइते भएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖