• Tuesday 6th of October 2026

‘ह्रस्व दीर्घ’ बिहीबारदेखि मध्यपूर्वका २३ र अस्ट्रेलियाका २२ हलमा रिलिज हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइ गरेको छ । फिल्मले ९ दिनसम्म ६ करोड ६९ लाख ग्रस कमाइ गरेको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

स्वदेशपछि नीता ढुंगाना र हरिहर अधिकारीसहितको मल्टिस्टारर फिल्मले बिहीबारदेखि मध्यपूर्व र अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय यात्रा थाल्दैछ । यो फिल्म अस्ट्रेलियाका सबै सहरमा प्रदर्शन हुन लागेको वितरण कम्पनी सेभेन सिजनले जनाएको छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्सका ७ हल, नर्दन टेरिटोरीमा १, क्विन्सल्यान्डमा २, साउथ अस्ट्रेलियामामा २, तास्मानियामा १, भिक्टोरियामा ७ र वेस्टर्न अस्ट्रेलियामा एक हलमा प्रदर्शन हुन लागेको हो ।

फिल्मले बिहीबार अस्ट्रेलियाभर ३५ शो पाएको छ । यो फिल्म न्युजिल्याण्डमा पनि बिहीबारदेखि नै प्रदर्शन तयारीमा छ । अकल्याण्डको इभेन्ट मनुकाउ र इभेन्ट क्विन स्ट्रिट हलमा प्रदर्शन तयारीमा छ । न्युजिल्याण्डकै पार्मस्टोन र तौरंगामा शुक्रबारदेखि लाग्ने जनाइएको छ ।

यो फिल्मलाई नेप–फिल्म्सले मध्यपूर्वमा यूएईका १४ हल, कतारका ६ हल र बहराइनका ३ हलबाट प्रदर्शन गर्दैछ । यसअघि यी टेरिटोरीमा अर्को नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले उत्कृष्ट कमाइ गरेको थियो ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मासहित नेपाली कलाकार प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको पनि अभिनय छ । यो फिल्म तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖