• Tuesday 6th of October 2026

विवेक ओबेरायले किने १२ करोडको कार


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता विवेक ओबेरायले १२ करोड भारूको कार किनेका छन्।
उनले रोल्स रोयस कार किनेका हुन्। विवेक यतिबेला आफ्नो नयाँ कारलाई लिएर चर्चामा छन्। उनले आफ्नो इन्स्टाग्राममा परिवारको साथ एक भिडिओ पोस्ट गरेका छन्।

‘सफलताको धेरै रूप हुन्छ र आज यस्तै देखियो। परिवारका साथ खास पलको उत्सव मनाउन पाउँदा आभारी र खुसी छु,’ उनले लेखेका छन्।
विवेक पछिल्लो समय रोहित शेट्टीको वेब सिरिज ‘द इन्डियन पुलिस फोर्स’ मा देखिएका थिए। सिरिजमा सिद्धार्थ मल्होत्रा र शिल्पा शेट्टीको पनि अभिनय छ।

उनले ‘साथिया’, ‘शुटआउट एट लोखन्डवाला’, र ‘लूसिफर’ जस्ता फिल्ममा अभिनय गरेका छन्। उनी फिल्मसँगै आफ्नो व्यवसायमा व्यस्त रहन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖