• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको तारिफमा पुटिनले यस्तो भने


  • धनकुटा खबर
  • .

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरेका छन् ।

बिहीबार उनले ट्रम्पलाई ‘समाधान खुट्याउन सक्षम बुद्धिमान र अनुभवी राजनीतिज्ञ’ भनेका हुन् । युक्रेनी युद्धलाई लिएर मस्को र पश्चिमबिच तनाव बढिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो ।

काजगस्तानमा पत्रकारहरूमाझ बोल्ने क्रममा ट्रम्पको आगामी प्रशासनका लागि अतिरिक्त अप्ठ्याराहरू सृजना गरिदिएको भन्दै पुटिनले बाहिरिदैं गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको चर्को निन्दा पनि गरेका थिए । बाइडेनले हालै युक्रेनलाई रुसको भित्री भूभागमा आफ्नो देशले दिएको लामो दूरीको मिसाइल हान्ने अनुमति दिएका थिए । बाइडेनले यस्तो अनुमति दिएपछि भड्किएको रुसले युक्रेनमाथि लामो दूरीको मिसाइल हानेको थियो ।

युक्रेनले आफू माथि जुन देशले दिएको लामो दूरीको मिसाइल हान्छ त्यो आक्रमण युक्रेनले नभएर दाता देशले गरेको मान्ने र यसको प्रतिकार गर्ने भन्दै चेतावनी दिएका थिए । ‘अमेरिकामा नवनिर्वाचन राष्ट्रपति बुद्धिमान र पहिला नै अनुभव बटुलिसकेका व्यक्ति भएको अहिलेसम्मको मेरो कल्पना छ । मलाई लाग्छ कि उनले कुनै न कुनै समाधान निकाल्नेछन्,’ पुटिनले भनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖