• Tuesday 6th of October 2026

सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा तीन विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका लागि तेस्रो विकेटका रुपमा आरिफ शेख ९ रन बनाएर आउट भए ।

यसअघि दोस्रो विकेटका रुपमा ओेपनर बिनोद भण्डारी २३ रनमा आउट भए । यस्तै पहिलो विकेटका रुपमा अर्को ओपनर अमित श्रेष्ठ एक रनमा इसमात आलमको बलमा क्याच आउट भए ।

योसँगै सुदूरपश्चिमले पावर प्लेमै तीन विकेट गुमाएको छ । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम ७ ओभरमा तीन विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖