• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचल्ने ठहर गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुन सम्मत नै भएको आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै अब अधिकारीमाथि कुनै अदालतमा तत्काल मुद्दा नचल्ने भएको हो ।

यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट सर्वोच्चमा पेस गरेका थिए । मङ्सिर १६ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।

त्रिपाठीले गत शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए ।
यसअघि मानव तस्करीमा मुछिएपनि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖