काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।
बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।
यसैबीच चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय गरेका छन् ।
उनले रोहित पौडेल नेतृत्वको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन् ।
