• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकारी वकिलको कार्यालय पर्सामा रवि लामिछानेको बयान सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको औपचारिक बयान सुरु भएको हो ।

बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।

लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए।

सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖