• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सांसद शर्माको प्रश्न: “गृहमन्त्रीले जीवी राईलाई किन पक्राउ गरेनन्?”


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २५ – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकलाई तीखो प्रश्न गर्दै, आफूले अघिल्लो सरकारको बेला उठाएको मुद्दालाई अहिले सरकारमा आएपछि किन सम्बोधन नगरेको भन्दै प्रश्न उठाएका छन्।

सांसद शर्माले गृहमन्त्री लेखकलाई स्मरण गराउँदै भने, “हिजो हामी सरकारमा थिएनौँ, उहाँ हाम्रो प्रमुख सचेतक हुनुहुन्थ्यो। उहाँले हामीलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। हामीले ‘जीवी राई खोइ? किन पक्राउ गर्दैन?’ भनेर नाराजुलुस गर्‍यौँ।”

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि जीवी राईलाई पक्राउ गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाउँदै शर्माले भने, “अब उहाँ गृहमन्त्री हुनुहुन्छ। पक्राउ गर्नु उहाँकै दायित्व होइन?”

सांसद शर्माले सरकारले पत्रकार रवि लामिछानेलाई ‘ह्यारेस’ गरेको आरोपसमेत लगाउँदै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “के सरकार व्यक्तिगत स्वार्थ र पूर्वाग्रहमा आधारित कदम चालिरहेको हो?”

सांसद शर्माको यो प्रश्नले सदनमा चर्चा र सरकारको निर्णय प्रक्रियामाथि प्रश्नचिन्ह खडा गरेको छ। गृहमन्त्री लेखकले भने यसबारे कुनै जवाफ दिएका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖