• Tuesday 6th of October 2026

आफैँले चलाएको मोटरसाइकल पल्टिँदा कमेडियन महराको मृत्यु


  • धनकुटा खबर
  • .

मोटरसाइकल दुर्घटनामा परी कमेडियन हिक्मत महराको निधन भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्।

महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए। रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए।

उनै उदीयमान कमेडियन महराको दुर्घटनामा निधन भएको हो। महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सु.प.प्र.०१–००१ क २०६० नम्बरको रोकेर राखेको ट्रक देखेर महराले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकलको एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पल्टिएको थियो।

गम्भीर घाइते महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।

थप अनुसन्धानका लागि ट्रक चालक धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ५४ वर्षीय नन्दसिंह बोहरा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖