• Tuesday 6th of October 2026

करण केसी ‘प्लेयर अफ द म्याच’


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाजका कप्तान करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बुधबार भएको खेलमा टोलीलाई १८ रनले जिताउन ४ विकेट लिएका करणले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

काठमान्डुका स्टीफन एस्किनाजी ले ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

काठमान्डुकै गेहार्ड इरास्मसले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल ‘क्याच अफ द म्याच’ घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖