काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ।
बुधबार पर्साबाट काठमाडौं हुँदै ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।
फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेपनि लामिछाने भने हिरासतमा नै फर्किएको बताइएको छ ।
लामिछानेमाथि आइतबार थपिएको म्याद बुधबार सकिएपछि बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लग्ने प्रहरीको तयारी छ ।
