• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

महासंघमा बागी उठेका रमेश विष्टसहित १३ जना युनियनबाट निष्कासित, चौतारीले पनि निकाल्यो २ जना


  • धनकुटा खबर
  • .

काठमाडौ । भोलि हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनले गरेको निर्णयविरुद्ध जाने १३ जनालाई नेपाल प्रेस युनियनले निष्कासित गरेको छ ।

महासंघको अध्यक्षमा युनियनले प्रेस चौतारीलाई समर्थन गरेपछि महासंघका पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्टले बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिने विष्टसहित ज्ञ३ जनालाई युनियनले ४ वर्षका लागि निष्कासित गरेको हो ।

संगठनको निर्णय विपरित माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारवाही गरेको हो।

निष्काशित हुनेहरुमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र धुब रावल रहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖