• Tuesday 6th of October 2026

‘माइतीघर’ को मुख्य भूमिकामा माग्ने बुढा, प्रकाश र उपासना


  • धनकुटा खबर
  • .

निर्माण तयारीमा रहेको फिल्म ‘माइतीघर’ को मुख्य भूमिकामा केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपुत र उपासना सिंह ठकुरीले अभिनय गर्ने भएका छन्। सामाजिक–पारिवारिक कथावस्तुमा रोहित अधिकारीले यो फिल्म निर्माण गर्न लागेका हुन्।

फिल्ममा अभिनेता धिरज मगर पनि शीर्ष भूमिकामा रहने चर्चा छ। यद्यपि, निर्माताले आधिकारिक जानकारी दिएका छैनन्।

निर्माता अधिकारीले अन्य एकजना अभिनेत्री सरप्राइजका रूपमा जोडिने बताए।

फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन्। रामशरण पाठक लेखक रहेको फिल्मको निर्मातामा रविन शेरचन र धिरज तामाङ जोडिएका छन्। कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ हुनेछन्।

निर्माता अधिकारीका अनुसार ठूलो क्यानभासमा फिल्म खिचिनेछ। ‘स्क्रिप्ट र गीतमा सबैभन्दा बढी मेहनत गरिनेछ,’ उनले भनेका छन्।

फागुन–चैतमा फिल्मको छायांकन फिल्मको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ। फिल्म आगामी दसैंमा प्रदर्शनमा आउने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖