• Tuesday 6th of October 2026

उपाधि होडबाट बाहिरिएको विराटनगरले दियो चितवनलाई १८२ रनको विशाल लक्ष्य, बसिरको उत्कृष्ट अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

विराटनगरका लागि बसिर अहमदले शानदार ब्याटिङ गरे । ४४ बलको सामना गरेका उनले समान ४ छक्का र चौकाको मद्दतमा ६८ रन जोडे ।

नटआउट रहेका राजेश पुलामीले ३३ रन थपे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖