• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

आफू र एमालेविरुद्ध प्रचण्ड नेतृत्वमा गिरोह नै सकृय रहेको ओलीको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेविरुद्ध गिरोह नै लागिरहेको बताएका छन् ।

आज (शुक्रबार) आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको गिरोह आफू र एमालेविरुद्ध लागिरहेको बताएका हुन् ।

‘अहिले हामीविरुद्ध कु–प्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति प्रचण्ड महोदयले नेतृत्व गरिहनु भएको छ, उहाँहरूको गिरोह सक्रिय छ,’– ओलीले भने ।

साथै, प्रधानमन्त्री ओलीले आफू र एमालेविरुद्धका सबै आरोपहरु परास्त गरेर अगाडि बढ्ने पनि बताए । File Photo/RN

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖