• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

एमालेमा प्रवेश गरे माओवादी केन्द्र चितवनका नेता अबिरल पोखरेल


  • धनकुटा खबर
  • .

चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अबिरल पोखरेल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो ।

एमाले पोलिट ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।

केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖