• Tuesday 6th of October 2026

एनपीएल: पोखराले भित्रायो भारतीय खेलाडी गोमेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले भारतीय क्रिकेटर आकर्षित गोमेललाई भित्र्याएको छ ।

लिग चरणका २ खेल खेल्न बाँकी पोखराले भारतका अलराउन्डर गोमेललाई टीममा अनुबन्ध गरेको हो ।

नेदरल्यान्ड्सका बास डे लिडे घाइते भएर बाहिरिएसँगै ३१ वर्षीय गोमेललाई भित्र्याएको पोखराका म्यानेजर किरण भट्टराईले जानकारी दिए ।

गोमेलले मुम्बईबाट भारतको घरेलु एक दिवसीय क्रिकेट विजय हजारे ट्रफी खेल्दै आएका छन् । उनी ओपनिङ ब्याटर हुन् ।

एनपीएलमा ५ खेल खेलेको पोखरा २ खेलमा जित र ३ खेलमा हारसहित ४ अंक जोड्दै सातौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖